शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा कोभिड १९ बाट ७ लाखभन्दा बढी संक्रमित

शनिबार, २७ असार २०७७, २२ : ३८
शनिबार, २७ असार २०७७

एजेन्सी । रुसमा कोरोना भाइरसका सात लाखभन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडका ७ लाख २० हजार संक्रमित देखिएका छन् । गएको २४ घन्टामा यहाँ छ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै यहाँ संक्रमितको संख्या सात लाख नाघेको बताइएको छ । यहाँका विभिन्न ८३ सहरमा यी संक्रमित भेटिएका हुन् । रुसमा गएको २४ घन्टायता १८८ जनाको कोरोनाका कारण निधन भएको बताइएको छ । यो सँगै रुपमा यस महामारीबाट मृत्यु हुने नागरिकको संख्या पनि ११ हजार २०५ पुगेको बताइएको छ ।

यहाँका अधिकांश संक्रमितहरुमा यो भाइरसको प्रकोपको कुनै लक्षण पनि नदेखिएको बताइएको छ । यहाँका संक्रमितहरु मध्ये २६ प्रतिशतमा मात्र यस भाइरसको लक्षण देखिएको बताइएको छ । यहाँ सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप