मिर्गौला कारोबार धन्दामा जिप्रकाका कर्मचारीको सहयोगी भूमिका
काठमाडौं । भरतपुर मेडकल कलेजका तीन डाक्टरसँगै पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत तहको कर्मचारी भएको खुलेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल रहेका छन् । ढकालले उनीहरुलाई कागजी रुपमा सघाएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय स्रोतले प्रशासकीय अधिकृत ढकाललाई सोधपुछका लागि ब्यूरोको टोलीले लगेको बताएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंबाट आएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती रहेका छन् ।
सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।
उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)