शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ

शनिबार, २७ असार २०७७, २० : १८
शनिबार, २७ असार २०७७

काठमाडौं । भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् ।  

ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् । 

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन ।  उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ । 

सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।

प्रहरीका अनुसार लामो अनुसन्धानपछि ४ जनाको संलग्नता खुलेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप