बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा बाढीले बाटो कटान गर्दा आवागमन ठप्प

शनिबार, २७ असार २०७७, २० : २०
शनिबार, २७ असार २०७७

रौतहट । अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले बाटो कटान गर्दा आवागमन ठप्प भएको छ ।  बाढीबाट अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले पुर्वतयारी पूरा गरेको छ । पछिल्लो दुई दिनदेखिको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरिया गमहरिया घाट पुलछेउको बाटो कटान गरेपछि आवागमन अवरुद्ध भएको हो । 

स्थानीय कटहरिया नगरपालिका ४ स्थित रहेको पुलको पूर्वपट्टीको बैकल्पिक बाटोमा झन्डै १५ फिट भएको छ । कटहरिया,गरुडा आसपासका दर्जन बढी गाउँका मानिस कलैया बिरगञ्जसम्म जाने पुलकै बाटो प्रयोग गर्दै आएका छन । हाल उक्त बाटो अवरुद्ध भएपछि सो क्षेत्रका हजारौं मानिस कलैया बिरगञ्ज आउनजान १५ किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले बताए । 

अविरल वर्षाको कारण जिल्लास्थित बागमती र लालबकैया नदीका साथै साना साना खोलामा पनि पानीको सतह बढेको छ । लालबकैया नदीको बाढिले कटहरिया ४ परोहा ६ र गौर नपा ६ नजिक तटबन्ध कटान सुरुगरेको छ । कटान भइरहेको तिनवटै स्थानमा द्रुतगतिमा मर्मतकार्य भइरहेको बागमती लालबकैया नदी नियन्त्रण कार्यालय परवानिपुरका प्रमुख डिई राजकुमार श्रीवास्तवले जानकारी दिए । 

बागमती र बकेया नदीमा पानीको स्तर बढेपनी हाल कुनै चिन्ताको बिषय न रहेको रौतहटका प्रहरी प्रमुख एसपी रबिराज खड्काले जानकारी दिए । बाढीबाट हुने डुवान तथा अन्य समस्यासँग जुध्न पूर्व तयारी पूरा भएको स्थानीय प्रशासनले जनाएको छ । रौतहटका सिडियो बाशुदेव घिमिरेले बाढी बाट हुने जोखिम न्यून गर्न अथवा समस्यामा परेकालाई उद्वार गर्न ३ वटा मोटर बोट,प्लास्टिक र काठको डुङ्गा सहित नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका एकसयभन्दा बढी जनशक्ति २४ औं घण्टा तयार रहेको बताए ।

बागमती र लालबकैया नदिको अवस्था निगरानी गर्न नदि नियन्त्रण कार्यालयका २ जना इन्जिनियर र बांध कटान भएमा तत्काल मर्मतका लागि प्रयाप्त जाली र बोरा स्टोर रहेको सिडियो घिमिरेले बताए ।

अगामी २९ गतेसम्म अविरल बर्षासँगै बाढीको उच्च जोखिम रहेकाले कमान्ड पोष्ट खडागरी जिल्लाका सबै सुरक्षा प्रमुख २४ घण्टा अवस्थाबारे सूक्ष्म निगरानी गरिरहेको सिडियो बाशुदेव घिमिरेलेले बताए । अविरल बर्षाको कारण जिल्लाको अधिकांश भाग डुबानमा परेको छ भने ग्रामीण भेगको बाटो हिलामय भएर आउन जन कठिनाइ भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप