शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्र हो  : रामचन्द्र पौडेल

शनिबार, २७ असार २०७७, १८ : २९
शनिबार, २७ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । 

गण्डकी प्रदेशका काँग्रेस नेता कार्यकर्तासँगको भर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए । 

प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने उनले बताए । उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण विगारेको आरोप लगाए ।

पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने  उनले गरेको बताए ।

पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए । कम्युनिष्टहरुसँग जनतालाई झुक्याउने र सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ छ । 

पौडेलले काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरे ।

उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप