शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहयोग नपाएको बाढी पहिरो पीडितको गुनासो

शनिबार, २७ असार २०७७, १७ : १२
शनिबार, २७ असार २०७७

गुृल्मी ।  गुृल्मीको इस्मा गाउँपालिका वडा नम्वर १ र ४ का विभिन्न गाउँ वस्तीका बाढी पहिरो  पीडितहरुले  गाउँपालिकाबाट  सहयोग नपाएको  गुनासो गरेका छन् । असार १८ गते राति गएको भीषण  बाढी पहिरोले वडा नम्वर १ को मल्दी र ढाँडा फाँटमा दुई जनाको ज्यान जानुका साथै सयौं घर विस्थापित भएका थिए ।

  मल्दी र  ढाँडाफाँटमा  दुई जना बालबालिकाको ज्यान गएको र ५ जना घाइते भए पछि त्यहाँ तीन वटै सुरक्षा निकाय र जनप्रतिनिधीहरुले पुगेर उद्धार गरेका थिए । तर वडा नम्वर १ कै जुकेपानी, वडा नम्वर ४ को ढाँडा , लिसेपानी , न्वाँला , छोटेेंडाँडा रातीपोखरी  लगायतका  गाउँहरुमा भीषण बाढी पहिरोले कैयौं घर परिवार विस्थापित भएको र सयौं घर परिवार उच्च जोखिममा परे पनि कतैबाट सहयोग नभएको स्थानीयवासीले गुनासो गरेका हुन् ।

 ढाँडा र जुकेपानीमा  घरबाट विस्थापितहरु  अरु कसैको  एउटै घरमा ३० जना सम्म आश्रय लिएर रात काट्ने  गरेका छन् ।  मरेका  गाई  भैंसीहरुको ब्यवस्थापन हुन नसकेर  सिंगो  गाउँ दुर्र्गन्धित भई महामारी फैलिन सक्ने खतरा बढेको छ । ढाँडा  , न्वाँला  र जुकेपानीका बासिन्दाहरुले आफूहरुका लागि स्थानीय सरकार नभएको महशुस गरेको  गुनासो  गरेका छन् ।

‘मल्दीमा दुई जनाको ज्यान जाँदा  त्यहाँ  सांसद तथा पूर्वमन्त्री गोकर्णराज बिष्टदेखि  जिल्लाका  सिडियो , सबै सुरक्षाकर्मी इस्मा गाउँपालिकाका जनप्रतिनिधि र  जिल्लाका राजनैतिक दलका नेताहरु समेत आएर उद्धार गरे, राहत पनि बाँडे तर न्वाँला,  लिसेपानी , रातीपोखरा ,  ढाँडा  र जुकेपानीमा कोही फर्केर आएनन्’–  न्वाँलामा  क्रियाशिल  शिक्षा ज्योति युवा क्लवका अध्यक्ष केशव घर्तीले भने, ‘खै यी गाउँहरुमा किन कोही फर्केर आएन हामी अचम्मित भएका छौं । ’

  उनले  पहिरो ग्रस्त न्वाँला,  ढाँडा र  जुकेपानी सञ्चार माध्यमबाट समेत ओझेलमा पारिएको गुनासो गरे । 

इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले उद्धार र राहतमा पहल गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म नआएको जुकेपानी गाउँकी माया कुँवरले बताइन् । 

 यसैगरी वडा नम्वर ४ का  वडाध्यक्ष चुराबहादुर खत्रीले आफूहरु जुकेपानीमा आउन नसकेको प्रति क्षमयाचना गर्दै अब छिटै आएर त्यहाँको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

  गाउँपालिका अध्यक्ष बिष्टले पनि चारैतिर पहिरोको जोखिमले गर्दा आफूहरु  तत्काल जान नसकेको भए पनि केही जनप्रतिधि पढाएर बुझ्न लगाएको बताए ।

  सो स्थानका बासिन्दाले गरीखाने जमिन बगाएको  छ । स्थानीय खमी कुँवरले गरीखाने जमिन बगाएर समस्या निम्तिएको बताइन् । 

प्रमुृख जिल्ला अधिकारी  भरतकुमार शर्माले उद्धारमा सबै संयन्त्र जुटेको तर त्यहाँ पुग्न नसकिएको स्वीकार  गर्दै  गाउँपालिकामा रहेको विपद् ब्यवस्थापन समिति मार्फत त्यहाँको समस्या बुझ्ने प्रतिकृया दिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप