शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना महामारीका कारण एमिरेट्स एयरलाइन्समा ९ हजारले जागिर गुमाउने

शनिबार, २७ असार २०७७, १७ : ११
शनिबार, २७ असार २०७७

एमिरेट्स एयरलाइनसका अध्यक्ष सर टिम क्लार्कले कोरोनाभाइरसको महामारीले उत्पन्न गरेको संकटका कारण कम्तिमा ९ हजारको रोजगारी कटौती गरिने बताएका छन् । विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान कम्पनीले यसरी कति जनालाई जागिरबाट निकाल्ने जानकारी दिएको पहिलो पटक हो ।

कोरोनाकभाइरसको संकटअघि एयरलाइन्समा ६० हजार जना कार्यरत थिए । सर टिम क्लर्कले एयरलाइन्सले यसअघि नै १० प्रतिशत कर्मचारी निकालिसकेको छ । ‘सायद हामी अझै केही कर्मचारीलाई निकाल्नुपर्ने हुनसक्छ, शायद कूल १५ प्रतिशत कर्मचारीलाई,’ उनले भने ।

वैश्विक उड्डयन उद्योग कोरोनाभाइरसको महामारीको कारण गम्भीर रुपमा प्रभावित बनेको छ । किनभने बितेका केही महिनादेखि हवाइ उद्योग ठप्प जस्तै छ ।

बीबीसँगको अन्तरवार्तामा क्लार्कले उनको एयरलाइन्समा अन्य एयरलाइन्सको तुलनामा कम असर परेको बताए । उनले भने, ‘एमिरेट्सका लागि यो वर्ष सबैभन्दा राम्रो वर्ष हुन गइरहेको थियो । तर, वर्तमान स्थितिमा एमिरेट्सको सम्भावित आम्दानीमा भारी गिरावट आएको छ ।’

२९० एयरलान्यस कम्पनीको प्रतिनिधित्व गर्ने इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसिएसनको अनुमान अनुसार विश्वभर एयरलाइनस कम्पनीलाई ८४ अर्ब डलरको नोक्सानी हुनेछ । यसको साथै १० लाख जनाले रोजगारी गुमाउने छन् ।

यो हप्ता नै अमेरिकाको तीन ठूला विमान कम्पनीमध्ये एक युनाइटेड एयरलाइन्सले कोरोना महामारीका कारण उत्पन्न संकटका कारण ३६ हजार जनालाई जागिरबाट निकाल्ने अवस्था आउने सक्ने चेतावनी दिएको थियो ।

अमेरिकी विमान कम्पनीहरुले ट्रम्प सरकारमाथि २५ अर्ब डलरको बेल आउट प्याकेज बढाउन दबाब दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप