शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

शनिबार, २७ असार २०७७, १३ : २८
शनिबार, २७ असार २०७७

बुटवल । प्रदेश ५ मा भएका छुटाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङकाअुनसार रुपन्देही, बाँके, गूल्मी र प्यूठान जिल्लामा भएका  छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार रुपन्देहीमा सवारी दूर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग सडक खण्डमा पर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.–९ शंकरपुर चोकमा  ना ५ ख ७८०६ नं.को बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २४ प ३२५४ नं.को मोटरसाईकलले ओभरटेक गर्ने क्रममा १ जनाको मृत्यु भएको हो ।

ट्रकमा ठोकिएर मोटरसाईकल चालक रुपन्देही सिद्वार्थ नपा–१ बेलहिया बस्ने २३ वर्षका संयोज शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्थानका २० वर्षीय मुकुल माला गम्भीर घाइते भएका छन् । उनको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै, बाँकेको कोहलपुर  नगरपालिका वाड नं. १० धारामा पानी चढाउने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । १४ वर्षीय बालकलाई आफ्नै घरको धारामा पानि तान्ने मोटरबाट करेन्ट लाग्दा मृत्यु भएको हो । उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उता, गुल्मी जिल्लाको छत्रकोट गा.पा.१ हुङ्गा बस्ने ३४ वर्षकी गिता नेपालीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको  छ । सल्लेरी भिरबाट तल खस्दा उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

त्यस्तै प्यूठान स्वर्गद्वारी न.पा.२ नोसस्थित रानीवन जंगलमा ३४ वर्षीय रमेश घर्ती मृत फेला परेका छन् । उनी बाँझको रूखको फेदमा मृतअवस्थामा फेला परेका हुन्  । घटनाको थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप