जङ्गली च्याउ खाँदा ४ बिरामी
शनिबार, २७ असार २०७७, १२ : ३०
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।
उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए । च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा