बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वर्ग

शनिबार, २७ असार २०७७, १० : ४३
शनिबार, २७ असार २०७७

एक ओजस्वीे क्षेत्रीय युवक उच्चकोटीको गुरुको खोजीमा भौतारिँदै थियो । त्यस समयमा युद्ध कौसलका अलावा विद्धता, बुद्धि, विवेक, तर्क कौशलता, धर्यता जस्ता विषयहरु गुरुहरुवाट दीक्षालिने प्रचलन थियो । 

जीवन उपयोगी विद्या, स्वयमलाई चिन्ने र अरुलाई बुझने विषय पढाउने खोजीमा थियो । जसले उसको युद्ध कौशलता वढाउँथ्यो साथै समाजमा सम्मानीत जीवन बाँच्न पाइन्थ्यो ।

निकै खोजी पश्चात महाभारत पर्वतको नदी किनारमा जंगलको बीचमा गुरुको कुटी पत्ता लाग्यो । निकै ठुलो प्रयासपछि गुरुकुल पुगी गुरुको अगाडि उपस्थित भएर भने, ‘गुरुदेव मलाई अरुमाथिको नियन्त्रणको कला सिक्नु छ, कृपागरी मलाई शिष्य स्वीकार्नुहोस् ।’

 बृद्ध गुरुले एक नजर युवकतर्फ हेर्ने वित्तिकै जोड जोडले हाँस्न थाले, ‘हेरत आफैलाई १’, गुरु अकस्मात चिच्याए, ‘तिमी आफूले आफैलाई योद्धा भन्छौ ? हेरत तिम्रो पेट.... तिमी आपm्नै भोक त जित्न सक्दैनौ , र अरुलाई जित्न हिडेका छौ..... अरुलाई नियन्त्रणको कौशल चाहेकाछौ, आत्मनियन्त्रण र आत्मसर्मपण के हो जान्न चाहेका छौ, कस्तो हाँसोउठ्दो कुरा ।’

क्षेत्रीय युवकको अनुहार लाजले रातो हुन्छ, रगत विस्तारै उम्लिन्छ, रिसले स्वाशको गति बढ्छ, र आँखां राताराता हुँदै क्रोधले मुहार ढाक्छ । पूर्णक्रोधले ऊ नियन्त्रण गुमाउन पुग्छ ।

 अनुहार रातो रातो पार्दै उ आफ्नो खुकुरी झिक्छ । गुरु न सुरु, यो मान्छेले आज मेरो रिसको झोक भेट्छ । मेरो अपमानको बदला चुकाउँछ, ‘म तिम्रो घाँटी यहीँ ठुन्काइदिन्छु !’, आफ्नो खुकुरी उज्याउँदै भन्यो ।

गुरुलेले युवकतर्फ हेर्दै शान्त नम्र भाषामा भने, ‘यो नै आत्मनियन्त्रण गुमाएको अवस्था हो, यो नै आफ्नो नियन्त्रण अरुलाई दिएको अवस्था हो, यो नै नर्क हो, “क्रोधात्सम्मोहःभवति, सम्मोहात्स्मृतिविभ्रमः, स्मृतिभ्रंशात्बुद्धिनाशः, बुद्धिनाशात्प्रणश्यति।सांख्ययोग-2 .63’’’ योद्धाले,आफ्नो भुल तुरुन्त थाहा पायो, ‘म जुन गुरुको लागि भौतारिएँ, दुःखले बल्लबल्ल प्राप्तगुरुलाई म के गर्दै छु, म के उद्देश्यले यहाँ आएको थिएँ ।’ गुरुको विवेक र करुणाको लागि गुरुको पाउ समात्यो । उ

सको मन पूर्णरुपमा परिवर्तन भै शिष्यता ग्रहण गर्दै सोध्यो, ‘अनि स्वर्गनी?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप