शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको बाढी पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?

शनिबार, २७ असार २०७७, १० : ०४
शनिबार, २७ असार २०७७

नेपालमा केही दिन यता भइरहेको लगातार वर्षाका कारण देशका धेरै नदीहरुको बहाव बढेको छ । जसले गर्दा कयौँ स्थानमा भूस्खलन तथा बाढी र डुबानको समस्या देखिएको छ । आज कन्काई, कोशी, कमला,बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काईमा जलस्तर खतरा आसपास पुग्न सक्ने महाशाखाको भनाइ छ । प्रदेश १ र २ को चुरे र तराईबाट बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । महाशाखाले भारतीय सीमा आसपास डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप