शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार कुन राशिलाई शुभ, कुन राशिलाई अशुभ ?

शनिबार, २७ असार २०७७, ०६ : १०
शनिबार, २७ असार २०७७

वि.सं.२०७७ साल आषाढ २७ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– षष्ठी,१९ घडी १३ पला,मध्यान्ह १२ बजेर ५८ मिनेट उप्रान्त सपतमी । नक्षत्र– पूर्वाभाद्रपदा,०१ घडी ४४पला । योग– शोभन,४१ घडी ५१ पला,बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड । करण– वणिज,मध्यान्ह १२ बजेर ५८ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा– काल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १८ पला । पञ्चक। विश्व जनसंख्या दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । 


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । कृषि क्षेत्रमा समय व्यातित हुने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवासायमा समय लगानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिने छैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरी काम गर्दा आम्दानी गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरि पछिको लागी आम्दानी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् । कृषकहरुका लागी समय राम्रो रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।  


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । तरपनि कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायको लागी समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । खेतीकिसानी व्यावासयबाट आम्दानी गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप