शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार गर्ने भारतीय टेलिभिजनले माफी माग्यो

शुक्रबार, २६ असार २०७७, २३ : ३७
शुक्रबार, २६ असार २०७७

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होे यान्छीसँग जोडेर बनाइएको प्रचार सामाग्रीलाई लिएर माफी मागेको छ । उक्त टेलिभिजन शुक्रबार माफी मागेको हो । 
केही दिनअघि उक्त टेलिभिजनले ‘ओलीकी इस्किया’ कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रमै प्रश्न उठ्ने गरी विवादित सामाग्री प्रशारण गरेको थियो ।  उक्त प्रचार सामाग्रीको नेपाल लगायत भारतमा समेत चर्को विरोध भएपछि जी टेलिभिजन माफी माग्न बाध्य भएको हो ।

यता, सोही कार्यक्रमको विषयलाई लिएर नेपालका मल्टी सिस्टम अपरेटहरुले बिहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध लगाएका थिए । उनीहरुको कदमलाई नेपाल सरकारले समेत समर्थन जनाइसकेको छ । त्यस्तै प्रेस काउन्सिल नेपालले समेत भारतीय प्रेस काउन्सिललाई एक पत्र लेख्दै जी न्युज टेलिभिजनलाई कार्वाहीका लागि पहल गर्न आग्रह गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप