शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा कोरोना तीब्र रुपमा बढ्दैछ : प्रधानमन्त्री ओली

शुक्रबार, २६ असार २०७७, २१ : १२
शुक्रबार, २६ असार २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् । 

शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना समुदयामा फैलिएमा भयावह अवस्था सिर्जना आउने सक्ने बताए । 

कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुबाट सुझाइएको कुरा अपनाउन जरुरी रहेको ओलीले बताए । उनले भने, ‘कोरोना संक्रमण हुन नदिन मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र हात धुने गर्नुपर्छ ।’

सबैभन्दा बढी प्रदेश २ मा कोरोना फैलिएको समेत उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप