शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई तालिका बनाउन स्वास्थ्य, श्रम र पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने सिसिएमसीको निर्णय

शुक्रबार, २६ असार २०७७, २० : ४९
शुक्रबार, २६ असार २०७७

विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि हवाई तालिका निर्माण गर्न क्रासिस म्यानेजमेन्ट कमिटी सिसिएमसीको बैठकले स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कमिटिको बैठकले सो निर्णय गरेको हो । यही असार २८ गतेसम्मका लागि यसअघि समय तोकिएकोमा समय सकिन लागेकोले अर्को तालिका बनाउन लागिएको हो ।

 अहिलेको अवस्थालाई हेरेर स्वास्थ्य, श्रम र पर्यटन मन्त्रालाई हवाई उढान तालिका बनाउन जिम्मेवारी दिने निर्णय भएको सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाईले रातोपाटीलाई जानकारी दिए । 

उनले भने–‘बाहिरबाट आउनेहरुमा कोरोना संक्रमण पनि देखिएको र त्यसलाई विश्लेषण गरेर तालिका बनाउन भनिएको छ । हवाई उढान तालिका प्रकाशन भएपछि मात्र विदेशमा अलपत्र परेकाहरुले टिकट खरिद गर्न सक्नेछन् ।’ 

यस्तै नेपालमा लगानी गरेका बहुराष्टिय कम्पनीका ब्यक्तिहरु नेपाल फर्किनका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने निर्णय भएको छ । नेपालमा लगानी गरेका व्यवसायीहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गरेर नेपाल ल्याउने तयारी गरिएको प्रवक्ता गुरागाईले जानकारी दिए ।
 
सिसिएमसीमा जिल्ला र प्रदेशका स्वास्थ्यकर्मी प्रमुखहरुलाई समावेशका लागि मन्त्रीपरिषदको निर्णय चाहिने र त्यसका लागि मन्त्रीपरिषदमा पठाउने अर्को निर्णय भएको छ । 

साथै जोखिमयुक्त क्षेत्रमा मान्छे आवतजावतलाई कडाई गर्ने समेत निर्णय भएको छ । तुरुन्तै ४५ हजार पिसिआर जाँच तत्काल अघि बढाउने निर्णय भएअनुसार काम अघि बढिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप