उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म
एजेन्सी । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।
जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए ।
विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।
ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम