शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ आईजीपीलाई बधाई दिन प्रधानसेनापति पहिलोपटक प्रहरी हेडक्‍वार्टरमा

शुक्रबार, २६ असार २०७७, १७ : २०
शुक्रबार, २६ असार २०७७

काठमाडौँ । प्रधानसेनापति पुर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन् । 

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र आईजीपी थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

शुक्रबार प्रहरी मुख्यालय नक्साल पुगेका प्रधानसेनापति थापालाई नवनियुक्त आईजीपीले मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे थिए भने प्रधानसेनापति थापाले आईजीपीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।

प्रधानसेनापति प्रहरी मुख्यालयमै पुगेर नयाँ आइजीपीलाई यसरी बधाई तथा शुभकामना दिएको पहिलो पटक हो । स्वच्छ प्रक्रियाबाट आईजीपी बनेका थापा क्षत्रीलाई हौसला दिन सेनापति प्रहरी हेडक्वार्टर पुगेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप