शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालबारे आपत्तिजनक ट्वीटः जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरीले माफी मागे

शुक्रबार, २६ असार २०७७, १७ : ०६
शुक्रबार, २६ असार २०७७

काठमाडौँ । जी न्यूज टेलिभिजनका प्रधानसम्पादक सुधिर चौधरीले नेपालबारे गरिएको अपत्तिजनक ट्वीटबारे माफी मागेका छन् । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि चौधरीले नेपाल भारतको न्यूज एङ्करहरुसँग नै डराएको र नेपालविरुद्ध सेना पठाउनु नै नपरेको ट्वीट गरेका थिए ।

अहिले उनले उक्त ट्वीटलाई हटाउँदै माफी मागेका छन् । उनले लेखेका छन्, ‘मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन् । यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए । सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन । त्यही भएर म खेद जताउँदै यो ट्वीट हटाउँदैछु ।’

यसअघि जी न्युजमा नै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे आपत्तिजनक समाचार प्रशारण भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप