सप्तकोशी र नारायणीमा उच्च बहाव, बालियो रातो बत्ति
काठमाडौं । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती र रोता झण्डा फहराएको छ । सप्तकोशी नदीमा शुक्रबार दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक पुगेको छ । पानीको बहाव बढेसँगै सप्तकोसीका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन् ।
पूर्वी पहाडी र मध्यपहाडी जिल्लामा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । यता नारायणी नदीमा पनि शुक्रबारबाट पानीको सतह बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि स्थानीय सरकारले खोला किनारमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको छ ।
देवघाटमा रहेको जलमापन केन्द्रले नारायणी नदीको देवघाटमा शुक्रबार अपरान्ह ७.१८ मिटर र नारायणगढ पुलमा १०.७१ मिटर पानी रहेको जनाएको छ । नारायणीमा पानीको सतह बढ्दा भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटान उच्च जोखिममा पर्छन् । त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा पर्ने गरेको स्थानीयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी