बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गाडी प्रेमीहरुका लागि खुशीको खबर, अब मासिक १३ हजारमै कार चढ्न पाइने

शुक्रबार, २६ असार २०७७, १५ : १९
शुक्रबार, २६ असार २०७७

काठमाडौं । सवारी खरिद गर्न चाहनेहरुका लागि खुशीको खबर छ । अब मासिक १३ हजार किस्तामै कारमा चढ्न पाउने गरी बजारमा नयाँ स्कीम आएको छ । सुजुकीका लागि नेपालको आधिकारिक विक्रिता सिजी मोटो कर्पले मासिक १३ हजार ९ सय १३ रुपैयाँमै कार चढ्न पाउने गरी आफ्ना ग्राहकहरु माझ बीग स्कीम ल्याएको हो ।

उक्त स्कीम अन्तरगत मासिक किस्तादेखि सवारी साधन किन्दाका बखत ग्राहकले बुझाउनु पर्ने रकम (डाउन पेमेन्ट)मा समेत भारी छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस्तो छुट गाडीको मोडल हेरी प्रदान गरिएको कम्पनीका बजार व्यवस्थापक करुन शाक्यले बताए ।

कोभिड–१९ का कारण बजार नै सुस्त छ । उद्योग, व्यापार व्यवसायदेखि रोजगारीका क्षेत्रहरु सबै निष्कृय छन् । यतिखेर सबैको आयस्रोत सुकेको अवस्था छ । तर यस्तो अवस्थामा पनि सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहज होस् भन्ने उद्देश्यले सुजुकीले ग्राहकहरु माझ विशेष अफर ल्याएको हो  ।

व्यवस्थापक शाक्यले भने, ‘हालैमात्र सुजुकीले अधिकतम ८० प्रतिशतको फाइन्यान्सिङ्ग सुविधादेखि न्यूनतम १३ हजार ९ सय १३ रुपौयाँ मासिक किस्ता सहित अधिकतम २ लाख २५ हजार सम्मको नगद छुटको योजना ल्याएको छ । तर यो सुविधा गाडीको मोडल अनुसार फरकफरक रहेको छ ।’

शाक्यका अनुसार प्यासेन्जर गाडीमा कुल ३ लाख ७९ हजार ८ सय (रु ३,७९,८००) र कमर्सियल गाडीका लागि कुल २ लाख ९९ हजार ७ सय ५० (रु, २,९९,७५०) को डाउनपेमेन्टमै सुजुकीका गाडी उपलब्ध हुनेछ ।

त्यसमा पनि ग्राहकहरुले एक वर्षसम्म मासिक किस्ता वापतको रकम (ईएमआई) मा न्यूनतम एक लाखदेखि अधिकतम २ लाख २५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । यी बाहेक कम्पनीले गाडीको बीमा र एक्सचेन्जमा अधिकतम २ लाखसम्मको बोनस सुविधा समेत प्रदान गर्ने छ ।

हाल सुजुकीको सबैभन्दा सस्तो प्यासेन्जर कार सुजुकी अल्टो हो । अल्टोको हालको बजार मुल्य १८ लाख ९९ हजार रुपैयाँ(रु. १८,९९,०००) छ । कम्पनीका अनुसार यस अफर अन्तरगत ग्राहकले सुजुकी अल्टो ३ लाख ७९ हजार ८ सयमै खरिद गर्न सक्नेछन् । भने, मासिक किस्ता न्यूनतम १३ हजार ९ सय १३ रुपैयाँ मात्र बुझाउनु पर्छ ।

अधिकतम ८ वर्ष सम्मको फाइन्यान्सिङ्ग सुविधा रहेको यस कारका लागि न्यूनतम ७.९९ प्रतिशतको ब्याजदर कायम गरिएको कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप