शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दी पहिरो अपडेटः ३ जनाको शव भेटियो, ३१ अझै बेपत्ता

पहिरोले दर्जनौँ बस्ती जोखिममा
शुक्रबार, २६ असार २०७७, १५ : १३
शुक्रबार, २६ असार २०७७

पोखरा । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ । गण्डकी प्रदेशको कास्की, म्याग्दी, बागलुङ र लमजुकाङका विभिन्न ठाउँमा पहिरोले कैयौँ बस्ती नै जोखिममा पारेका छन् भने मानवीय क्षति पनि पुर्याएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको म्याग्दीमा पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको छ । जिल्लाका विभिन्न पालिकाभित्र कयौँ स्थानमा पहिरो खस्दा उद्दारको काम पनि हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार पहिरोमा परि बेपत्ता भएका ३ को शव फेला परेको छ भने कम्तिमा ३१ अझै बेपत्ता छन् । ‘उद्दार कार्य, खोजी कार्य जारी छ,’ उनले भने, ‘४० जनाको रेस्क्यु गर्नुपर्ने छ । ७ जना घाईतेलाई पनि उपचारको लागि पोखरा पठाउनुपर्ने छ । उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर उडेको थियो, त्यो पनि मौसम प्रतिकुल भएर फर्कियो ।’

जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर–६ मराङ र मालिकाको वडा नम्बर–७ बिमको बस्ती उच्च जोखिममा रहेको उनले जानकारी दिए । उद्धारको लागि हिडेको टोली पनि ठाउँ–ठाउँमा खसेको पहिरो र नदीको बहाब बढेको हुँदा घटनास्थलमा पुग्न नसकेको उनले जानकारी दिए । ‘बाटो भत्केर हिँडेर जान पनि समस्या भइरहेको छ, बाटो बनाउँदै हिड्दै गरिरहेका छौं,’ उनले भने, ‘सयौँ स्थानमा पहिरो छन् । पैदल जान सक्ने अवस्था पनि छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप