शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातारको वर्षाले रौतहटको जनजीवन प्रभावित, राजमार्ग अवरुद्ध

शुक्रबार, २६ असार २०७७, १२ : ४०
शुक्रबार, २६ असार २०७७

रौतहट । बिहीबार रातिदेखि लगातार भइहेको वर्षाले रौतहटको जनजीवन प्रभावित बनेको छ ।

 वर्षाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर क्षेत्र अवरुद्ध बनेको छ । बिहानैदेखि पानीको सतह बढ्दै गएको कारण ठूला सवारीसाधन जेनतेन पास गरेपनि साना सवारीसाधन चल्न नसकेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिए । 

अहिले पूर्व र पश्चि बाट आएको दर्जनौं सवारीसाधन चन्द्रपुर चौक र लचका नजिक अड्केका छन् । 

त्यसैगरी अविरल वर्षाले जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीका साथै साना खोलाहरुमा पनि पानीको सतह बढ्दै गएको छ । 

लालबकैया नदीमा आएको बाढीले कटहरिया ४ र देवाहीघाट नजिक तटबन्धमा कटान गरिरहेको स्थानीय तवारख मियाँले बताएका छन् । 

बकैया र बागमती नदीमा पानीकोस्तर बढ्न थालेपछि स्थानीय प्रशासनले सजग रहन सबैलाई अनुरोध गरेको छ ।

 लगातारको वर्षाले गौर,चन्द्रपुर बाहेक १६ वटै स्थानीय तहका सडक प्रभावित हुँदा आवत जावतमा कठिनाइ भैइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप