शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोको उच्च जोखिममा भोंजेगाउँका ११ घर

शुक्रबार, २६ असार २०७७, १२ : ३२
शुक्रबार, २६ असार २०७७

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिरोको उच्च जोखिममा छन् । 

बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर  जोखिममा परेको वडा सचिव तक्मा विकले बताए । 

उनका अनुसार भोंजेगाउँका  गमबहादुर कामीको घरको पिंँढी र  आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । 

उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले  अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ  । 

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । 

विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको  छ । उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप