शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल मलका व्यवसायीले भाडा तिर्न नसकेपछि व्यवस्थापनलाई  तालाचाबी बुझाउँदै

शुक्रबार, २६ असार २०७७, १२ : ०१
शुक्रबार, २६ असार २०७७

सिभिल मलका व्यवसायीले लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दै मल व्यवस्थापनलाई तालाचाबी बुझाउँने भएका छन् ।

 मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो ।  तर सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पति (पसल) नै व्यवस्थापनलार्ई जिम्मा लगाउन लागिएको  सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले बताए ।

यद्यपि  सञ्चालकसँग भाडाको विषयमा सहमति गर्न अहिले पनि व्यवसायी छलफलमा छन् । यदि सो विषयमा सहमति नभएमा आजै १ बजे सबै व्यवसायीले सञ्चालकलाई तालाचाबी बुझाउँने घिमिरेको भनाइ छ । 

घिमिरे भन्छन्, ‘अहिले घरमा के खाने भन्ने भएको बेला यति धेरै  रकम बुझाउन सकेनौ र हामीसँग भएको सम्पत्ति यहि पसल हो त्यसकारण पसलनै  जिम्मा लगाउन खोजेका हौ । ’

मलमा एक लाख देखि ८ लाखसम्म पसलका भाडा रहेको छ ।  मलमा १ सय ६० भन्दा बढी पसल छ । २५ गतेसम्म ५० प्रतिशत भाडा नबुझाए २५ प्रतिशत मात्र छुट दिने व्यवस्थापनले भनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप