केन्द्रीय संस्करण

अनिताको तीज गीतमा प्रिज्मा र प्रिन्सीसँग बलेको रोमान्स

person explore access_timeअसार २६, २०७७ chat_bubble_outline0

काठमाडौं - गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज  गीत ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी हुन् । 

गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । 

भिडियोमा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा कलाकार सागर लम्सालको अभिनय रहेको छ । 

गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा समय सादर्भिक लाग्छ । 

नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो आफुले बनाएको गायिका अनिताले बताइन् । यस अगाडि ‘विदेशको पिआर छ’ बोलको हिट गीत दिएकी अनिताले यो गीत पनि हिट हुने आस गरेकी छन् ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.