शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईसेवा मनी ट्रान्सफर र रेमिटलीबीच डिजिटल रेमिट्यान्स सम्झौता

शुक्रबार, २६ असार २०७७, १० : ०७
शुक्रबार, २६ असार २०७७

डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनी ट्रान्सफर रेमिटली र  ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले ईसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै रेमिटलीबाट सिधै ईसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दि इरहेको छ ।

ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप