मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा पहिरो अपडेट : दुई स्थानमा पहिरो, ५ जनाको मृत्यु

शुक्रबार, २६ असार २०७७, ०९ : ५६
शुक्रबार, २६ असार २०७७

पोखरा । पोखराका दुई स्थानमा पहिरो जाँदा ५ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१८ सराङकोट र वडा नम्बर २५ हेम्जामा पहिरो जाँदा ५ जनाको ज्यान गएको हो भने भने ९ घाइते भएका छन्

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सराङकोटको गोठादीमा अन्दाजी २ः४५ बजे टंकबहादुर थापाको घरमाथि खसेको थियो । पहिरोमा परि घरमुली ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापाको मृत्यु हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिएको जानकारी अनुसार पहिरोमा परि ६ वर्षीय नाती सुवान थापाको पनि मृत्यु भएको छ ।

यसैगरी टंककी साली दमौली घर भएकी सरस्वती श्रेष्ठ घाइते छिन् । उनका दुई छोरा वर्ष ८ का शीतल श्रेष्ठ र वर्ष १० का सन्देश श्रेष्ठ मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । यद्यपि, कुन शीतल हुन र कुन सन्देश हुन चिन्ने मान्छे नभएकाले यकिन भइसकेको छैन । सोही घटनामा परी छिमेकी ११ वर्षीया इशिका थापाको पनि ज्यान गएको छ ।

घटनामा टंक थापाकी छोरी २२ वर्षीय छोरीको खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन् । दुवै जनाको अहिले मनिपाल अस्पतालमा उपचार भइरहेको छ । ५ वर्षीया पिरिषा थापालाई पनि टाउकोमा चोट लागेको छ ।

यसैगरि थापाका छिमेकी १९ वर्षका अनिश तामाङ, १९ का रशी थापा, १९ कै रश्मी थापा घाइते छन् । उनीहरुको मनिपाल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरि, पोखरा २५ हेम्जा मेलबोटमा पहिरो जाँदा ७० वर्षीय हिमकली अधिकारीको ज्यान गएको छ । घरका अन्य सदस्य भने सकुशल नै छन् । छोरा ३२ वर्षीय रामचन्द्र अधिकारी र श्रीमती २६ वर्षीय दीपा अधिकारी छिमेकीको घरमा सुतेकाले जोगिएको डिएसपी हमालले जानकारी दिए । पहिरोमा ३ बाख्रा पनि पुरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप