शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'ज्योतिष' अर्जुन क्षत्री पक्राउ

शुक्रबार, २६ असार २०७७, ०९ : २६
शुक्रबार, २६ असार २०७७

काठमाडौँ । ‘ज्योतिष’ अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो । 

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो । 

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । 

उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप