शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – उत्तर कोरिया र अमेरिकी प्रतिनिधिबीच युद्धविरामबारे छलफल

शुक्रबार, २६ असार २०७७, ०७ : ०२
शुक्रबार, २६ असार २०७७

१० जुलाई सन् १९५१ मा दक्षिण कोरियाको सीमामा पर्ने उत्तर कोरियाली शहर केइसोङमा उत्तर कोरियाली सहायक प्रिमियर जनरल नाम दोस्रो र अमेरिकाका भाइस एडमिरल चाल्र्स टर्नेर जोयबीच छलफल भयो । यतिबेला अमेरिकाको समर्थनप्राप्त दक्षिण कोरिया र उत्तर कोरियाबीच युद्ध चलेको १ वर्ष बितिसकेको थियो र दुई पक्षका सैन्य अधिकारी वार्तामा बसेको यो पहिलो अवसर थियो । तर, सहमति जुट्न थप दुई वर्ष लाग्यो । जसकारण, ३० लाखभन्दा बढीले ज्यान गुमाउनुप¥यो । 

२७ जुलाई सन् १९५३ मा बल्ल युद्धविराम सम्झौता भयो, यतिबेला युद्ध सुरु भएको  ३ वर्ष १ महिना २ दिन बितिसकेको थियो । यो सम्झौता पनि सैनिक दस्ताबीचको युद्धविराम मात्रै थियो, दुई देशका सरकारबीचको सम्झौता होइन । यसपछि कुनै औपचारिक शान्ति सम्झौता पनि भएन र दुई देशबीच सम्बन्ध पनि सामान्य अवस्थामा फर्किएको छैन । यस सम्झौताले मिलिटरी डिमार्केसन लाईन (एमडिएल) तय ग¥यो र त्यसैलाई अहिले दुई देशीय सीमा क्षेत्र मानिन्छ । सीमामा ४ किलोमिटर आसपास सैनिक बस्न नपाउने सहमति गरियो । यो क्षेत्र अहिले पनि विश्वमा सबैभन्दा धेरै सुरक्षा व्यवस्था मजबुत बनाइएको क्षेत्रमा पर्छ । युद्धविराम सम्झौता लागु भएको ६० दिनभित्रै दुबै पक्षले कुनै अवरोध बिना युद्ध बन्दीहरुलाई हस्तान्तरण गर्ने सहमतिअनुसार बन्दी बनाइएका सैनिकहरु स्वदेश फिर्ता भए । तर, झन्डै २२ हजार उत्तर कोरियाली सैनिकले स्वदेश फर्कन मानेनन् । त्यस्तै,  ३ सय २७ दक्षिण कोरियाली, २१ अमेरिकी र १ बेलायती सैनिकले पनि यो सहमति अस्विकार गरे, उनीहरु उत्तर कोरिया या चीनमै बसे ।

५ जुन, १९५० मा उत्तर कोरियाली सैनिक दक्षिणतर्फको भूभाग कब्जा गर्नेगरी अघि बढेपछि युद्ध सुरु भएको थियो । प्रजातान्त्रिक सरकारमाथि उत्तरको कम्युनिष्टले हमला गरेको भन्दै संयुक्त राष्ट्रसंघले दक्षिण कोरियाको पक्ष लियो । संयुक्त राष्ट्रसंघको छातामुनी अमेरिकाकी नेतृत्वमा बेलायत, फ्रान्सलगायत देश उत्तर कोरियाविरुद्ध लागे । यता, चीनले उत्तर कोरियाको कम्युनिष्ट सरकारलाई प्रत्यक्ष साथ दिएको थियो । त्यस्तै, सोभियत युनियन पनि भित्री रुपमा उत्तर कोरियाकै साथमा थियो । आधुनिक युगका ठूला विध्वंशमध्ये कोरियाली युद्ध एक मानिन्छ । यस युद्धमा दक्षिण र उत्तर कोरियाका अधिकांश शहर ध्वस्त भएका थिए । उत्तर कोरियाका धेरै शहरमा अमेरिकाले परमाणु बम खसालेको थियो ।

अन्य घटनाक्रम

– तेस्रो धर्मयुद्धका दौरान १० जुलाई ११९० मा रोमका सम्राट फेडरिक बार्बेरोजाको मृत्यु ।

– सन् १२४६ मा नसिरुद्दिन मुहम्मद शाह दिल्लीको राजगद्दीमा आसिन ।

– इङल्यान्डद्वारा सन् १६५२ मा नेदरल्यान्डविरुद्ध युद्धको घोषणा ।

– सन् १९२४ मा डेनमार्कद्वारा ग्रिनल्यान्डमाथि कब्जा

– सन् १९७३ मा पाकिस्तानको राष्ट्रियसभाद्वारा बंगलादेशलाई स्वतन्त्र देश स्विकार्नेगरी प्रस्ताव पारित, १९७१ मा बंगलादेश स्वतन्त्र भएको थियो ।

– सन् १९९१ मा बोरिस यल्तसिन रुसको राष्ट्रपतिमा निर्वाचित, उनी रुसका पहिलो निर्वाचित राष्ट्रपति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप