शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले कोरोना संक्रमितको आँकडा लुकाएको आशंका

‘उपत्यकामा बिहिवार ५ जना संक्रमित फेलापर्नु भनेको परीक्षण दायरा नबढाएर हो,’ : डाक्टर दीक्षित
बिहीबार, २५ असार २०७७, २१ : ०४
बिहीबार, २५ असार २०७७

नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत्त शनिवारदेखि कोरोना संक्रमितको संख्या घट्दैं गइरहेको तंथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको छ ।

असार १९ गते शुक्रबार दिन ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४० जना संक्रमित देखिएका थिए । शुक्रबारपछि संक्रमितको दर लगातार घट्दै गएको छ । शनिबार ४ हजार ५० जनाको परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमित  भएको पत्ता लाग्यो ।

 आइतबार भने ४ हजार ७ सय १० जनाको परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सोमबार ४ हजार ७ सय जनाको परीक्षण  गर्दा  १ सय ८० जनामा संक्रमित भएको पुष्टि भएको जनाइएको छ ।

मंगलबारको दिनमा ६ हजार १ सय ३३ जनाको परीक्षण गर्दा २ सय ४ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । यस्तै बुधबार ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५५ जना कोरोना संक्रमित भएका थिए र बिहिबार अर्थात आज ४ हजार ५ सय ८८ जनामा कोरोना परीक्षण गर्दा १ सय ८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डाक्टर जागेश्वर गौतमले बताए ।

असार २ गतेसम्म  १ लाख भन्दाबढि क्वारेन्टाइनमा थिए बिहिबारसम्ममा क्वारेन्टाइनमा बस्नेको संख्या घटेर २४ हजार ४ सय २५ पुगेको छ । संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ८ सय ९१ पुगेको प्रवक्ता प्रा. डाक्टर गौतम बताउँछन् । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

‘सरकारले कुनै प्रभावकारी कदम नचालिकन एक हप्तामा संक्रमितको दर ह्वातै घटेको देख्दा आफू आश्चर्यमा  परेको’ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डे बताउँछन् ।

‘राज्यले विशेष कदम चालेर नेपालमा एक हप्ताको अवधिमा संक्रमितको संख्या जुन रुपमा घटे्को छ, त्यो वास्तवमै सत्य भएको खण्डमा त्यो उदाहरणीय कार्य हुने र त्यसबाट  कोरोना संक्रमण दरलाई घटाउँन विश्वले समेत सिक्ने मौका पाउने’ डाक्टर पाण्डे बताउँछन् ।


‘सरकारले कुनै प्रभावकारी कदम नचालिकन एक हप्तामा संक्रमितको दर ह्वातै घटेको देख्दा आफू आश्चर्यमा  परेको’ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डे बताउँछन् ।

कोरोना संक्रमितको दर घटाउन पछिल्लो समय सरकारले विश]ष खालको पहलकदमी नगरिकनै संक्रमितको संख्या ह्वात्तै घट्दा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने आँकडामा शंका उत्पन्न भएको जनस्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् ।

‘कोरोना संक्रमण बढेको वा घटेको छ भन्नका लागि परीक्षणको दायरालाई फराकिलो बनाइनु पर्ने र त्यसबाट आएको नतिजाको आधारमा मात्र संक्रमित बढे वा घटे भन्न सकिने’ जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन् । जेठ महिनासम्म भारतीय नाका हुँदै दैनिक करिब ४ हजार नागरिक नेपाल प्रवेश गर्थे । नेपाल भित्रने सबै नागरिक मध्ये कतिलाई क्वारेन्टाइनमा राखियो र पिसिआर परीक्षण गरियो भन्ने विवरण समेत छैन । 

केही दिनयता कोरोना परीक्षणको दायरालाई घटाउँदै गएको कारण पनि संक्रमतिको दर घट्दै गएको देखिएको जनस्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् । परीक्षणको दर घटेपछि संक्रमितको दर घट्नु स्वभाविक भएपनि काठमाडौं उपत्यकाको संक्रमितको विवरणले झन जनतामा शंका पैदा गरेको छ ।

बुधबारसम्म उपत्यका ३ जिल्लाका विभिन्न ७१ स्थानमा २ सय ९० जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ‘उपत्यकाका ७१ स्थानका कोरोना संक्रमित भेटिएको अवस्थामा बिहिबार ५ जना मात्रै संक्रमित पुष्टि हुँदा सरकारले कतै संक्रमितको आँकडा त लुकाएको छैन् ?’ भन्ने प्रश्न उठेको पाण्डेको कुरामा डाक्टर दीक्षित पनि सहमत   छन् ।

‘कोरोना संक्रमण बढेको वा घटेको छ भन्नका लागि परीक्षणको दायरालाई फराकिलो बनाइनु पर्ने र त्यसबाट आएको नतिजाको आधारमा मात्र संक्रमित बढे वा घटे भन्न सकिने’ जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

‘उपत्यकामा बिहिवार ५ जना संक्रमित फेलापर्नु भनेको परीक्षण दायरा नबढाएर हो,’ डाक्टर दीक्षित भन्छन्, ‘राज्यले कन्ट्याक्ट ट्रेसिङ समयमै सही तरिकाले नगर्नाले उपत्यकामा संक्रमित दर बढ्न सक्छ ।’


‘उपत्यकामा बिहिवार ५ जना संक्रमित फेलापर्नु भनेको परीक्षण दायरा नबढाएर हो,’ डाक्टर दीक्षित भन्छन्, ‘राज्यले कन्ट्याक्ट ट्रेसिङ समयमै सही तरिकाले नगर्नाले उपत्यकामा संक्रमित दर बढ्न सक्छ ।’

विश्वका विभिन्न राष्ट्रले कोरोना संक्रमित र मृत्यु हुनेको वास्तविक संख्या सार्वजनिक नगर्ने गरेको आरोप विश्व स्वास्थ्य संगठनले समेत आरोप लगाउँदै आएको छ । ब्राजिलले संक्रमित र मृतको संख्या लुकाएको आरोप विश्व स्वास्थ्य संगठनले आरोप लगाएको थियो । उत्तर कोरियामा कोरोना संक्रमित कति छन् भन्ने कुरा अझै पनि विश्वलाई थाहा छैन । चीनको ऊहानमा कोरोना संक्रमणबाट मृत्यु भएका भनी सार्वजनिक गरिएको संख्यामा पनि त्यतिबेला विश्व समुदायले प्रश्न उठाएका थिए । यस्तै ‘कोरोनाको कारण रुसले करिब ५ सय जना चिकित्सकको मृत्यु भएको सूचना लुकाए भन्ने आरोप खेप्दै आएको’ समेत जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

नेपालमा सत्तारुढ दल आन्तरिक कलहको भूमरीमा डुब्दा र राजनीतिक दलहरु तात्दै गएको बेलामा विदेशी राष्ट्रको सिको गर्दै सरकारले संक्रमितको आँकडा लुकाउन थालेको हुन सक्ने आशंका पैदा भएको छ ।

‘राज्यले विशेष कदम चालेर नेपालमा एक हप्ताको अवधिमा संक्रमितको संख्या जुन रुपमा घटे्को छ, त्यो वास्तवमै सत्य भएको खण्डमा त्यो उदाहरणीय कार्य हुने र त्यसबाट  कोरोना संक्रमण दरलाई घटाउँन विश्वले समेत सिक्ने मौका पाउने’ डाक्टर पाण्डे बताउँछन् ।

डाक्टर पाण्डे ‘स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमित तथा परीक्षणको बारेमा अपडेट दिन जरुरी नभएको’ पनि बताउँछन् ।  उनको विचारमा संघ, प्रदेश र स्थानीय तहमा भएका प्रयोगशाला आफैले परीक्षण, संक्रमित लगाएको बारेमा  जानकारी दिने व्यवस्था मिलाउनु उचित हुन्छ ।

‘भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने नागरिकको संख्यामा कमी आउँदा कोरोना परीक्षणको दरलाई घटाउन नहुने’ डाक्टर दीक्षित बताउँछन् । असार १÷२ गतेसम्म क्वारेन्टिनमा एक लाख बढी मानिस थिए । भारतबाट नेपाल भित्रिनेको संख्या बढेसँगै सरकारले क्वारेटाइनमा बस्ने व्यक्तिमा लक्षण देखिएमात्रै पिसिआर परीक्षण  गर्ने भनेर निर्देशिका जारी ग¥यो । ‘भारतबाट आएका लक्षणविहीन कोरोना संक्रमित गाउँ—गाउँ पुगेकाले गाउँमा पनि लक्षणविहीन संक्रमित हुन सक्ने भएकाले कोरोना परीक्षण दायरालाई बढाउनुको विकल्प नभएको’ डाक्टर दीक्षित बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट आउनेको संख्या घटेर परीक्षण दर कम भइरहेको बताइरहँदा हवाइमार्ग हुँदै तेस्रो मुलुकबाट आउनेको संख्या १७ हजार भन्दा बढि पुगेको अवस्थामा परीक्षणको दायरा घटाउनु उचित नहुने जनस्वास्थ्यविदहरु बताउँछन् । पहिल्लो समय राजधानी कोभिड अस्पतालमा लक्षणविहीन तथा अन्य स्वास्थ्य उपचार गर्न आएमा बिरामीलाई कोरोना परीक्षण गर्दा सतप्रतिशतमा कोरोना पोजेटिभ नतिजा आएको थियो । कोरोना परीक्षण गर्ने मध्ये सतप्रतिशतको पोजेटिभ नतिजा आउनुभनेको परीक्षणमा गडवड तथा किटमा समस्या आएको हुन सक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप