केन्द्रीय संस्करण

तुलसीपुरका उपलब्धि : हवाईसेवा, बसपार्क, अटोभिलेज र मेट्रो कलेज

person explore access_timeअसार २५, २०७७ chat_bubble_outline0

दाङको तुलसीपुर उपममहानगरपालिकाले तीन वर्षका अवधिमा लामो समयदेखि बन्द हुने र खुल्ने गरेको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, पातुखोलामा नमूना अटोभिलेज र  तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) सञ्चालनलगायत गौरवका आयोजना पूरा भएको जानकारी दिए ।


प्रमुख पाण्डेका अनुसार यसबीचमा खरको छाना हटाउने र  सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम पनि सम्पन्न भएको छ ।  अहिलेसम्म उपमहानगरपालिकाले ७५० खरका छाना हटाएको छ  । उनका अनुसार अहिले पञ्जीकरण, युवा क्षेत्र, आधुनिक बसपार्क निर्माणमा नगर उत्कृष्ट हुन सफल भएको छ ।  उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि,सिंचाइ र विद्युत् विस्तारमा पनि उल्लेख्य काम गरेको उनको भनाइ छ । 

स्वास्थ्यमा तीन वर्ष

 उपमहानगरपालिकाले तीन वर्षमा तीन हजार पाँच सय जनालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ ।  त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य संस्था पुगेका छन् । 

साथै पहाडी क्षेत्र वडा नं ३ र १९ मा दुईदुई स्वास्थ्य संस्था छन् । तुलसीपुरमा रक्तसञ्चार केन्द्र, राप्ती प्रादेशिक अस्पतालमा डायोलासिस सेवा र  स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिन थालिएको उनले बताए । 

त्यस्तै उपमहानगरपालिकामा मोतिविन्दुमुक्त गर्नका लागि निःशुल्क शल्यक्रिया सेवा तथा राप्ती आँखा अस्पताल, राप्ती प्रादेशिक अस्पताल र दुई आयुर्वेद अस्पतालमा पूर्वाधार निर्माणको काम अघि बढेको छ । साथै बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई एकीकृत स्वास्थ्य अस्पतालका रुपमा विकास गर्ने गरी तयारी गरिएको उनको भनाइ छ । 

यस्तै उपमहानगरपालिकाभित्र विद्यालयलाई समायोजन गर्ने काम अघि बढेको छ । अहिलेसम्म  ३२ विद्यालय समायोजन गरिएको प्रमुख पाण्डेको भनाइ छ । 

तुलसीपुर स्पोर्ट सिटी उपमहानगरपालिकाले तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा विकास गरेको छ । बेलझुण्डीमा अन्तरराष्ट्रिय रङ्गशाला निर्माण भएको र बाँकी संरचना निर्माणको काम भइरहेको प्रमुख पाण्डेले बताए । एक वडा/एक खेल मैदानको अबधारणालाई अघि बढाइएकोसमेत उनको भनाइ छ ।
 
प्रविधिमैत्री उपमहानगर 

 उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ । आगामी साउनदेखि ‘क्यासलेस र पेपरलेस’ बनाइने प्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार बैंकबाट मात्रै कारोवार गरिने  र बैंकमा उपमहानगरपालिकाको काउन्टर स्थापना गरिने बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.