शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हानिया हमास प्रमुख निर्वाचित भएपछि पहिलो पटक इजिप्टमा

शनिबार, २४ भदौ २०७४, २१ : १३
शनिबार, २४ भदौ २०७४

गाजा सिटी (प्यालेस्टिेनी) –प्यालेष्टिनी इश्लामवादी आन्दोलनका हमासका नेता इश्माइल हानिया शनिबार इजिप्ट भ्रमणमा गएका छन् ।

हानिया हमास आन्दोलनका प्रमुख नेता भएपछि पहिलो पटक इजिप्ट जानुभएको हमासले जनाएको छ । 
हमासले प्यालेष्टिेनीहरूको गाजा क्षेत्रमा नियन्त्रण राख्दै आएको छ भने पछिल्लो समय आफ्नो छिमेकी राष्ट्र इजिप्टसँगको सम्बन्धमा सुधार गरी कायरोको गाजा क्षेत्रसँगको सीमानालाई खुला गर्न चाहेको छ । गाजासँग इजरायली भूमिबाहेक अन्य मुलुकसँग पुग्न इजिप्टमात्रै एउटा विकल्प रहेको छ । 

सन् २०१३ मा हमासको सहयोगी मुश्लिम ब्रदरहुडका राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरी पूर्व सैनिक शासक अब्देल फताह अल सिसीलाई सत्तामा ल्याइएपछि हमासको काएरोसँगको सम्बन्धमा तनाव देखिँदै आएको छ । 

सिसीले हमासलाई आतङ्कवादी समूहलाई सघाएको आरोप लगाउदै आएको छ, तर यही बर्षा ऋतुमा भएको सहमतिपछि दुई पक्षबीचको तनाव कम गर्ने आधार बनेको दुवै देशका नेताले बताउँदै आएका छन् । हमासका उच्च अधिकारीले सहमतिपछि इजिप्ट राफाहको सीमाना खोल्न तयार भएको जनाएका छन् । 

हमासद्वारा शनिबार जारी वक्तव्यमा इश्माइलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले गाजा क्षेत्रमाथिको कब्जा, हमास र फताहबीचको पुनर्मिलन, वेस्ट वैंकमा रहेको विश्व समुदायले मान्यता दिएको प्यालेष्टिनी सरकारलाई स्वीकार गर्ने लगायतका आपसी चासोका बिषयमा कुराकानी गर्ने बताइएको छ । 

हानिया गत मे मा हमास प्रमुख निर्वाचित हुनुभएको हो । हमासका उच्च अधिकारीले हानिया सत्तामा आएपछि यस पहिले पनि इजिप्टसँग उच्चस्तरीय वार्ता गर्दै आएका वक्तव्यमा जानइएको छ । 

सन् २००८ पछि हमासले इजरायलसँग तीन पटक युद्ध गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप