बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया लघुवित्तको सेयर सूचीकृत, कारोबार खुलेको पहिलो दिनमै बढेर पोजेटिभ सर्किट लाग्यो

बिहीबार, २५ असार २०७७, १४ : २०
बिहीबार, २५ असार २०७७

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।  

कम्पनीले सर्वसाधरणमा वितरण गरेको ४७ लाख ५५ हजार  कित्ता र संस्थापक १ करोड ४५ हजार कित्तासमेत गरी  १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

बुधबार सूचीकृत भएको सो सेयरको कारोबार आजदेखि भएको छ । तर, कारोबार भएको पहिलो दिनमै सेयर बढेर पोजेटिभ सर्किट समेत लागेको छ । नेप्सेले सुरु कारोबारका लागि ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्मको ओपन रेन्ज दिएको थियो ।

यस संस्थाले  आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी  ७ अर्ब २२ करोड रुपैयाँ पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ. १ अर्ब १ करोड रुपैयाँ पु¥याउन वित्तीय संस्था सफल भएको छ ।

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको छ । हाल  खोलिएको शाखाहरु सहित ३३ जिल्लामा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप