शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूएईमा दुर्घटना परेका दिनेश यसरी साथीहरुको सहयोगमा घर फर्किए

शनिबार, २४ भदौ २०७४, २० : ५५
शनिबार, २४ भदौ २०७४

म्याग्दी – रोजगारीका लागि युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका  दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । 
युएईको रसलखे स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मी तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । 


दुर्घटनाको पिडाबाट  ग्रसीत रेग्मीलाई  कम्पनीबाट  काम गरे बापत पैसा र  उपचार खर्च उपलब्ध नगराएपछि मोना यूएईका अध्यक्ष प्रकाश कार्कीको सक्रियतामा घर फर्काउने ब्यवस्था मिलाएको होसाथीसंग घुम्दै फोटो खिच्नेक्रममा दुर्घटना हुन पुगेका थिए । लामो समय हस्पिटल रहदाँ कम्पनीले तलब दिन समेत दिन नमानेको अध्यक्ष कार्कीले बताए ।  
मोना युएईका सल्लाकार प्रदिप सुवेदी, अध्यक्ष कार्की,  सचिव सबास राम्जाली मगर, भलिबल खेलाडी रामकृष्ण केसीले एयरपोर्टमा पुगेर आजिबन सदस्यता प्रदान गर्दै रेग्मीलाई बिदाई गरेका थिए । रेग्मीले संस्था र अध्यक्ष प्रकासको सहयोगप्रति भावुक हुँदै विदाई भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप