केन्द्रीय संस्करण

कंगना रनौतको आरोपः ‘महेश भट्टले चप्पल प्रहार गर्दै पागल भनेका थिए’

person explore access_timeअसार २५, २०७७ chat_bubble_outline0

एजेन्सी – अभिनेत्री कंगना रनौत बलिउडकी यस्ती स्टार हुन् जो खुलेर नराम्रो कुराको विरोध गर्ने गर्छिन् । उनी पछिल्लो समय नेपोटिज्मको विषयलाई लिएर खुलेर बाहिर आएकी छिन् । कंगनाले भाईभतिजाबादको विषयलाई जोडेर चर्चित निर्देशक तथा फिल्म निर्माताको विषयमा खुलेर बोल्न थालेकी छिन् । 

यसैबीच, कंगनाले फिल्म निर्माता महेश भट्ट र उनकी छोरी पूजा भट्टले कंगनाको विषयमा प्रतिक्रिया दिएका छन् । 

बुधबार बिहान पूजा भट्टले ट्विट गरेर सन् २००६ मा भट्ट परिवारले आफ्नो प्रोडक्शनमा बनेको फिल्म ‘ग्याङस्टार’ मा कंगनालाई लन्ज गरेको बताएकी थिइन् । 

उक्त ट्विटको कंगनाको टीमले आफ्नो जवाफ दिएको छ भने भट्ट परिवारमाथि आरोप पनि लगाएको छ । 

कंगनाको टीमले बुधबार लेखेका छन्, ‘प्रिय पूजा, अनुराग बसु (ग्याङस्टारका निर्देशक) मा कंगनाको प्रतिभा देख्न चाहान्थे । हर कोहिलाई थाहा छ मुकेश भट्ट (फिल्म निर्माता महेश भट्टका भाइ) कलाकारलाई पैसा दिएर मन पराउँदैनन् । थुप्रै स्टुडियोहरु प्रतिभाशाली कलाकारलाई निशुल्क काम गराउन मन पराउँछन् । तर यसको मतलब यो होइन कि तिम्रो पिताले कंगनामाथि चप्पल प्रहार गर्ने, पागल भन्ने र अपमानित गर्ने लाइसेन्स पाएका होइनन् ।’

ट्विटरमा कंगनाको टीमले कंगनाको दुखत अन्त हुने समेत बताएका उल्लेख गरेको छ । 

यसका साथै, सुशान्त सिंह राजपूत र रियाको सम्बन्धको विषयमा महेश भट्टलाई दिलचस्पी किन थियो ? उनले सुशान्तको अन्तको पनि घोषणा किन गरेका थिए ? यस्ता प्रश्नहरु पनि आफ्ना पितालाई सोध्न कंगनाको टीमले पूजालाई आग्रह गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.