शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा

समुदायमा फैलिएको हो/होइन भन्ने यकीन गर्न संक्रमण देखिएका क्षेत्रमा लक्षण नदेखिएकाहरुको समेत परीक्षण गरौँ !
बिहीबार, २५ असार २०७७, ०९ : ३४
बिहीबार, २५ असार २०७७

काठमाडौं उपत्यकामा विगत ५ महिनादेखि छिट्टफुट्ट मात्रै कोरोना संक्रमित भेटिएका थिए । करिब एक हप्ता यता उपत्यकाका २३  स्थानमा कोरोना संक्रमित फेलासँगै जनस्वास्थ्य विज्ञहरुले संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्न थालेका छन् । देशका विभिन्न ठाउँमा कोरोना फैलिएसँगै उपत्यका पनि कोरोना संक्रमतिको संख्या तिव्र रुपमा बढ्न थालेको छ ।

नेपालमा कोरोनाको संक्रमण समुदायस्तरमा अहिलेसम्म फैलिएको छैन् भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ तर काठमाडौंको टेकु, कुलेश्वर,हाँडीगाउँ, वसुन्धारा, धापासी, नैकाप, चन्द्रागिरि, ट्याङ्लाफाँट,धुम्बाराही,तारकेश्वर,गोल्फुटार बूढानीलकण्ठ ललितपुरको कुपण्डोल,ग्वार्को, धोवीघाट, भैँसेपाटी, चापागाउँ, गोदाबरी, खाङ्वुबहाल, गोटीखेल, ठेचोँ र भक्तपुरको बालकोट  गट्ठाघर लगायतको क्षेत्रहरुमा संक्रमण फैलिएको छ । तीमध्ये केही क्षेत्रमो समुदाय स्तरमा   कोरोना संक्रमित फेला परेका छन् ।

‘ट्राभल हिस्ट्री नभएकाहरुमा पनि कोरोना संक्रमण देखिएको कारण उपत्यकामा समुदायस्तरमा फैलिन सक्ने संकेत देखिएको’ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्रले बताउँछन् । एक हप्ताको अवधिमा उपत्यका भित्र भेटिएका संक्रमितको स्रोत पत्ता लागेको छैन । 


‘ट्राभल हिस्ट्री नभएकाहरुमा पनि कोरोना संक्रमण देखिएको कारण उपत्यकामा समुदायस्तरमा फैलिन सक्ने संकेत देखिएको’ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्रले बताउँछन् । एक हप्ताको अवधिमा उपत्यका भित्र भेटिएका संक्रमितको स्रोत पत्ता लागेको छैन । 

‘उपत्यकाको हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट फेला परेका छन्,’ उनले भने, ‘ट्राभल हिस्ट्री, कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्ति, दर्जनौं स्वास्थ्यकर्मी  सुरक्षाकर्मीलाई समेत संक्रमण भएको देखिएको छ ।’

‘राजधानीमा फेला परेका केही कोरोना संक्रमित बाहिरको यात्रा नगरेको र बाहिरबाट आएकाहरुसँग सम्पर्कमा नगएको अवस्थामा पनि संक्रमित फेला परेकाले समुदायमा फैलिएको हो कि ?’ भन्ने शंका पैदा भएको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।

‘कोरोना भाइरस समुदायस्तरमा फैलिएको केही केशले संकेत दिए पनि निश्चित रुपमा भन्ने आधार छैन,’ उनले भने, ‘पुर्ण रुपमा समुदायमा गएर खोज तथा परीक्षण नगरेसम्म समुदायस्तरमा फैलिएको भन्न सकिँदैन ।’

‘उपत्यकामा कोरोना समुदायमा फैलिएको हो वा होइन भन्ने यकीन गर्न संक्रमण देखिएका क्षेत्रमा समुदायस्तरमै लक्षण नदेखिएकाहरुको समेत परीक्षण गर्नुपर्ने’ डाक्टर शेरबहादुर पुन बताउँछन् । ‘नेपालमा धेरै लक्षणविहीन कोरोना संक्रमित भएकाले नयाँ संक्रमित पत्ता लगाउन’ परीक्षणलाई व्यापक नबनाएसम्म समस्या हुने उनी बताउँछन् । त्यसैले ‘समुदायस्तरमा नै कोरोना परीक्षण गर्नुको विकल्प नभएको’ उनी ठान्छन् ।


‘उपत्यकामा कोरोना समुदायमा फैलिएको हो वा होइन भन्ने यकीन गर्न संक्रमण देखिएका क्षेत्रमा समुदायस्तरमै  लक्षण नदेखिएकाहरुको समेत परीक्षण गर्नुपर्ने’ उनी बताउँछन् । ‘नेपालमा धेरै लक्षणविहीन कोरोना संक्रमित भएकाले नयाँ संक्रमित पत्ता लगाउन’ परीक्षणलाई व्यापक नबनाएसम्म समस्या हुने उनी बताउँछन् । त्यसैले ‘समुदायस्तरमा नै कोरोना परीक्षण गर्नुको विकल्प नभएको’ उनी ठान्छन् ।

‘लक्षणविहीन कोरोना संक्रमितबाट दीर्घरोगी, वृद्धवृद्धा, बालबालिकामा सरेर समुदायस्तरमा पुगेर मृत्यु भएको अवस्था छैन,’ उनले भने, ‘उपत्यकामा समुदायस्तरमा परीक्षणको दायरा नबढाए खतराको घण्टी बज्ने अवस्था पनि आउन सक्छ ।’

‘स्वास्थ्यमा सामान्य समस्या आएमा वा समस्याले गम्भीर रुपमा नपुर्याएसम्म सामान्यतः अस्पताल जाने चलन कम भएकाले पनि कोरोना संक्रमणको बारेमा यसै भनिहाल्न सकिने अवस्था छैन । कतिपय लक्षणविहीन कोरोना संक्रमित हुन सक्ने भएकाले पनि समुदायस्तरमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने’ उनको भनाइ छ ।

‘४० लाख जनसंख्या भएको काठमाडौंमा तुलनात्मक रुपमा न्यून मात्रामा पिसिआर परीक्षण भइरहेको’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् । ४० लाख जनसंख्या भएको शहरमा तत्काल संक्रमित क्षेत्रहरुको पहिचान गरेर ठाउ–ठाउँमा कम्तीमा  ४० हजार जनाको पिसिआर गरेर नतिजाको आधारमा उपत्यकामा आगामी दिनको योजना बनाउनुपर्ने’ उनी बताउँछन् ।

‘काठमाडौंमा १५ सय १६ सय जना मात्रैको पिसिआर परीक्षण गरेर कोरोना संक्रमणको  अवस्थामा थाहा पाउन नसकिने’ उनी बताउँछन् । कुल जनसंख्याको १ प्रतिशतका पनि कोरोना परीक्षण नगरिकन नतिजा सार्वजनिक गरेर ढुक्क भएर बस्ने हो भने उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने उनले चेतावनी समेत दिए ।

सरकारले उपत्यका भित्रका संक्रमितको वास्तविक तंथ्याक पुर्णरुपमा सार्वजनिक नगरेको आशंका समेत विज्ञहरुले गर्दै आएका छन् ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम ‘काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरस नफैलिएको’ बताउँछन् । उपत्यकाको १० स्थानका दुई सयभन्दा बढि मानिसको कोरोना परीक्षण गर्दा कसैमा पनि कोरोना नेगेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा समुदायस्तरमा फैलिएको हो कि होइन भनेर पत्ता लगाउन उपत्यकाका विभिन्न स्थानका १५ सयभन्दा बढी मानिसमा परीक्षण गर्ने कार्य भइरहेको उनी बताउँछन् । सो परीक्षणको नतिजा आइसकेपछिमात्रै प्राप्त नतिजाको आधारमा काठमाडौंमा संक्रमणको अवस्था थाहा पाउन सकिने प्रवक्ता डाक्टर गौतमको भनाइ छ ।

ध्यान नदिए उपत्यका कोरोना ‘हटस्पट’ बन्न सक्छ

कोरोना संक्रमणको ‘हटस्पट’ बनेका उपत्यका बाहिरका क्षेत्रबाट विभिन्न नाका हुँदै मानिसहरु उपत्यका भित्रिने क्रम जारी रहेको छ । ‘उपत्यकामा असुरक्षित रुपमा जति मानिस भित्रिन्छन्, त्यति नै जोखिम बढ्नुका साथै कोरोना संक्रमण नियन्त्रण गर्न समस्या हुने’ सरुवा रोग विशेषज्ञ डाक्टर पुन बताउँछन् ।

‘विदेशबाट हवाइ मार्ग भएर आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने कार्य नगर्दा तीमध्ये कोही संक्रमित छन् भने राजधानीदेखि घर पुग्दासम्म कोरोना संक्रमणको उच्च जोखिम हुने’ डाक्टर पाण्डे बताउँछन् । ‘लक्षण नदेखिएकालाई कोरोना परीक्षण नगर्ने सरकारी नीतिका कारण पनि राजधानी झन उच्च जोखिममा रहेको’ उनको भनाइ छ ।

‘विदेशबाट हवाइ मार्ग भएर आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने कार्य नगर्दा तीमध्ये कोही संक्रमित छन् भने राजधानीदेखि घर पुग्दासम्म कोरोना संक्रमणको उच्च जोखिम हुने’ डाक्टर पाण्डे बताउँछन् । ‘लक्षण नदेखिएकालाई कोरोना परीक्षण नगर्ने सरकारी नीतिका कारण पनि राजधानी झन उच्च जोखिममा रहेको’ उनको भनाइ छ । हवाई मार्ग र विभिन्न नाका हुँदै उपत्यका भित्रर्ने तथा बाहिरहने लाई कोरोना परीक्षण तथा  होल्डिंग नगरिकन घर पठाउँदा संक्रमण बढ्न सक्छ । कन्ट्याक्ट ट्रेसिङ, परीक्षण कम हुनेत तथा र गरिएकै सीमित परीक्षणको रिपोर्ट आउन पनि धेरै ढिलो हुँदा सम्भाव्य संक्रमितको सम्पर्कमा आउने धेरैलाई संक्रमण भइरहे उपत्यका कोरोना ‘हटस्पट’ हुन सक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । अहिलेको अवस्थामा उपत्यकामा लक्षणविहीन कोरोना संक्रमित खुलेआम हिँडिरहेका हुन सक्छन् । लक्षणविहीन कोरोना संक्रमितबाट पनि कोरोना सर्न सक्ने उनी बताउँछन् ।

कोरोना हावाबाट पनि सर्न सक्छ

कोरोना संक्रमण हावाबाट सर्ने भन्दै ३२ देशका २ सय ३९ जना बैज्ञानिकले धारणा बनाउन विश्व स्वास्थ्य संगठनलाई दवाव दिइरहेका छन् । बन्द कोठा तथा हलमा कन्सर्ट गर्दा, चिच्याएर गाउदा हुटिंग गर्दा नाक मुखबाट भाइरस सर्ने हुँदा धेरै जना सर्न सक्छ ।

चिच्याएर गाउँदा, हुटिंग गर्दा तथा बोल्दा गह्रौं छिटा सतहमा खस्छन् भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा केही बेर तैरिइरहन्छ । हावामा झुण्डिएका ती कणहरु हावाले यताउता उडाएर लैजान सक्छ । त्यही कणसहितको वाहा भएको क्षेत्रमा रहको मानिसहरुले सास लिंदा ती कणहरु हाम्रो फोक्सोमा प्रवेश गर्दछन् ।

पहिले पहिले संक्रमण भएका मानिसको निश्चित दूरी नजिक आएपछि मात्रै संक्रमण फैलिन्छ भन्ने मान्यता रहिआएको थियो । तर अहिले पछिल्लो चरणमा ‘हावाबाट संक्रमण फैलिन्छ भन्ने अवधारणा आएकाले हामीले पनि ख्याल गर्र्न जरुरी भएको’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् । 

असल नागरिकको दायित्व पूरा गरेका छैनौं

कोरोना संक्रणम फैलिन नदिनका लागि नागरिकको भूमिका महत्वपूर्ण रहने जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् । ‘अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीड–भाडमा नजाने, आफू वरपरका जोकोही व्यक्ति पनि संक्रमित हुन सक्छन् भन्ने आशंकाका साथ सतर्क हुने, कार्यस्थललाई संक्रमणरहित बनाउने, नियमित हात धुने र स्यानिटाइजर गर्नुपर्ने’ उनी बताउँछन् ।

डाक्टर पाण्डे ‘अदृश्य सत्रु कोराना भाइरससंग लड्नको लागि सरकारको बाटो मात्रै हेर्न नहुने’ बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप