शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलबर्नमा पुनः लकडाउन, ५० लाखलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध

बिहीबार, २५ असार २०७७, ०६ : ५८
बिहीबार, २५ असार २०७७

अष्ट्रेलियाको सबैभन्दा दोस्रो ठूलो शहर मेलबर्नमा कोरोना संक्रमणको वृद्धिका कारण दोस्रो पटक लकडाउन लागू गरिएको छ ।

नयाँ आदेश अनुसार करिब ५० लाख मेलबर्नबासीलाई आफ्नो घरबाट बाहिर निस्कने अनुमती छैन । यद्यपि, अत्यावश्यक सेवाका लागि घरबाट बाहिर निस्कन भने दिइनेछ ।

स्थानीय प्रहरीका अनुसार शहरको चारैतिर घेराबन्दी गरिएको छ जसमा थुप्रै चेकपोइन्ट बनाइएका छन् । मंगलबार मात्रै भिक्टोरियाको दोस्रो राज्यको सीमालाई बन्द गरिएको छ ।

मेलबर्न भिक्टोरियाको राजधानी हो । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिशनले बुधबार मेलबर्नबासीलाई भने, ‘तपाईंहरुले जे जति सहिरहनुभएको छ, त्यसको मूल्य पूरा देशले बुझेको छ । तपाईंहरु आफ्ना लागि र परिवारका लागि मात्रै यो सहिरहनुभएको छैन । पूरा अष्ट्रेलियाली समुदायका लागि यो प्रतिबन्ध सहिरहनुभएको छ ।’

भिक्टोरियाका प्रमुख डेनियल एन्ड्रूजले मंगलबार मेलबर्नमा लकडाउन लगाउने घोषणा गरेका थिए । मंगलबार शहरमा कोरोनाका १९१ संक्रमित देखिएका थिए । जबकी बुधबार मेलबर्नमा कोरोनाका १३४ संक्रमित भेटिएका थिए ।

यो अष्ट्रेलियाका अन्य शहरको तुलनामा सबैभन्दा धेरै हो ।

हालसम्म अष्ट्रेलियामा कोरोनाका ९ हजार बढी संक्रमित भेटिएका छन् भने यहाँ १०६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप