भारतीय हास्य अभिनेता जगदिपको निधन
बिहीबार, २५ असार २०७७, ०० : ००
एजेन्सी । भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद अलीका अनुसार उनको बुधबार बिहान आफ्नै घरमा ८ बजेर ३० मिनेटमा निधन भएको हो ।
बुढेसकाल लागेसँगै उनी विभिन्न रोगका कारण थलिएका थिए । फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा थप चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाज लगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा