शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले भारतीय हेलिकप्टर खसालेको भन्दै सामाजिक सञ्जालमा हल्ला, यस्तो छ वास्तविकता

बुधबार, २४ असार २०७७, २३ : ०२
बुधबार, २४ असार २०७७

एजेन्सी । हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।  यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आकाशबाट खसालिदियो । अनि भारतीय पाइलट अहिले नेपालको नियन्त्रणमा छन् ।’ 

यस भिडियामो देखिएअनुसार उडिरहेको हेलिकोप्टर अचानक हावाबाट खसेको छ । ‘नेपालका तर्फबाट ध्यानाकर्षणसहित– आज भारतीय वायुसेनाले नेपाली भूमिमा हवाई हमलाका लागि सीमा पार गरेको छ । बेलाहियामा भारतसँग हवाई भीडन्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान खसाल्यौं र एक भारतीय पाइलटलाई कब्जा ग¥यौं । अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन दिइएको छ । 
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेट्दै नक्सा जारी गरेर संविधान संशोधनमार्फत त्यसलाई वैधानिकता दिएपछि दुई देशबीच तनाव बढेको समय यो पोस्ट सामाजिक सञ्जालमा छाइरहेको छ र यसलाई भारतीय प्रयोगकर्ताहरुले निरन्तर शेयर गरिरहेका छन् । 

दाबी– आईएएफ हेलिकोप्टर रुद्र नेपालले खसाल्यो र लगत्तै भारतीय पाइलट पक्राउ परे । 

फ्याक्ट चेक– यो दाबी गलत हो । इनभिड प्रयोग गरेर भिडियोलाई इन्डिभिजुयल फ्रेम ब्रेक गर्दै यान्डेक्समा रिभर्स इमेज सर्च गरिएको छ । यसो गर्दा हामी हाबेर्लर डटकम नामक बेवसाइटमा पुग्छौं, जसले २०१२ मा एक प्रकाशित गरेको थियो । यस लेखमा भाइरल भिडियोको स्क्रिन सट थियो । 

‘सिरियाली विपक्षीहरुले सिरियाली वायुसेनाको हेलिकप्टर उत्तरी सिरियाका मरेत अल नुमन जिल्लास्थिते इदलिबमा खसालेको दाबी गरेका छन्,’ तस्विरको क्याप्सनमा लेखिएको छ ।  हुगो काम्यानले २०१९ मा गरेको ट्वीटमा पनि यो भिडियो समावेश छ । यहाँ क्याप्सनमा लेखिएको छ, ‘सिरियाली वायुसेनाको एक हेलिकोप्टर मध्य आकाशमै बिस्फोट, विपक्षी एन्टी–एयरक्राफ्टले १७, अक्टोबर २०१२ मा इदलिब कन्ट्रिसाइडमाथि निशाना साँधेपछि यो खसेको थियो । सम्पूर्ण सिरियाली गृहयुद्धमध्येको यो एक बहुलट्ठी र आइकोनिक भिडियो हो ।’ 

मिलिटरी डटकम र मिडिया पोर्टल अन डमान्ड न्युजले पनि सन् २०१२ मा सिरियाली विद्रोहीले सिरियाली सेनाको हेलिकप्टर खसालेको विषयमा फरक फरक शीर्षकमा समाचार प्रकाशित गर्दै त्यस समाचारसँगै यो भिडियो अपलोड गरेका छन् ।  त्यसैकारण सामाजिक सञ्जालमा अहिले जुन भिडियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्वन्द्वका दौरान २०१२ मा सुट गरिएको थियो । नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन । श्रोतः- deccanherald.comthelogicalindian.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप