केन्द्रीय संस्करण

गण्डकी प्रदेशमा लोकसेवा विधेयक पारित

person explore access_timeअसार २४, २०७७ chat_bubble_outline0

कास्की । गण्डकी प्रदेशमा प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । विधेयकमाथि दफाबार छलफलपछि विधेयक पारित भएको हो । 
दफाबार छलफलमा भाग लिएका सांसद मीनप्रसाद गुरुङ, सरिता गुरुङ र दिलमाया रोकामगर गौतमले लोक सेवा आयोग आफैंमा स्वच्ट र निष्पक्ष भएकाले यसको आवश्यकता रहेको बताएका थिए ।  छलफलपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संविधान कार्यान्वयन साथै प्रदेशको आवश्यकता पूरा गर्न प्रदेश लोक सेवा आयोग ऐन व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताए । संघ सरकारले मापदण्ड तयार पारेर प्रदेश लोक सेवा आयोगको आधार मापदण्डसम्बन्धि ऐन २०७५ जारी भई सकेपछि आयोग गठनको लागि बाटो खुलेको उनले बताए । 

संघीयतालाई व्यवस्थित ढंगले अघि बढाउन अवयबको रुपमा निजामती सेवा र प्रशासनिक निकाय रहने हुँद लोक सेवा आयोग आवश्यक रहेको उनल दोहो¥याए ।  सभाको अर्को बैठक असार २५ गते दिनको १ बजे बस्ने छ ।  
 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.