शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मास्क नलगाई हिँड्ने २१ जनालाई कास्की प्रहरीले कारबाही गर्‍यो

बुधबार, २४ असार २०७७, २० : ०३
बुधबार, २४ असार २०७७

पोखरा । मास्क नलगाई हिँड्ने २१ जना कास्की प्रहरीको फन्दामा परेका छन् । अटेर गरेर मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसअघि पनि सम्झाई बुझाई गर्दा अटेर गरेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार संक्रमण जोखिम बढ्दै गएको अवस्थामा नेपाल सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पूर्ण रुपमा लकडाउनको पालना गर्नुपर्नेमा निर्देशनको वेवास्ता गर्दैै हिडेपछि कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी ईकाइ समेतबाट माईकिङ गर्ने, सम्झाई बुझाई गर्दै आए पनि मास्क नलगाई हिड्ने अटेर गर्ने २१ जनालाई कारबाही गरिएको उनले बताए । अहिले उनीहरुलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना लिएर छाडिएको छ । प्रहरी कार्यालयले निर्देशनाको पूर्ण पालना गर्न कास्कीबासीलाई अनुरोध गरेको छ । अन्यथा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने समेत प्रहरी कार्यालयले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप