बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटमा बन्दूकसहित २ जना पक्राउ

बुधबार, २४ असार २०७७, १९ : ५१
बुधबार, २४ असार २०७७

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ । तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट पक्राउ गरिएको  प्रहरीले जनाएको छ । 

सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ   । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप