शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'ह्वाट द फ्लप* शो' बन्द गराउन माग गर्दै प्रेस काउन्सिलमा उजुरी, सन्दीप क्षेत्रीसहितलाई कारवाहीको माग

बुधबार, २४ असार २०७७, १९ : ५५
बुधबार, २४ असार २०७७

काठमाडा । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट द फ्लप* शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको छ । साथै उक्त कार्य प्रस्तोता सन्दीप क्षेत्र, कार्यक्रमको व्यवस्थापक र प्रड्युसर विशाल घोषलाई कानुनी कारवाहीको माग गरेको गरिएको छ ।

डा.शरद सिंह यादवले आज प्रेस काउन्सिलमा निवेदन दर्ता गराई कारवाहीको माग गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट द फ्लप शो कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्रीले विगत लामो समयदेखि मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको उजुरीमा उल्लेख छ ।

सो प्रस्तुती युट्युवबाट समाजिक सञ्जालमा भाइरल भइरहेकोले यसखालको प्रस्तुतिले मधेशी समुदाय अपहेलित महसुस गरिरहेकाले कार्यक्रम प्रस्तोतासहित व्यवस्थापक र प्रड्युसरलाई कानुन अनुसार कारवाहीको प्रकृया अगाडि बढाउन निवेदनमा आग्रह गरिएको छ ।

पछिल्लो कार्यक्रममा सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यंग्य गरेका छन् । सो कार्यक्रममा सन्दीप क्षेत्र मिठाईलाल जादवको भूमिकामा हुन्छन् । उनले आफ्नो अनुहारमा कालो पोतेर मधेशीको भेषभुषामा हुन्छन् । कान्तिपुरको त्यो कार्यक्रम निकै चर्चित छ ।

यसअघि कृषि टीभीमा यस्तै मधेशीको अपमान हुने कार्यक्रम सञ्चालन गर्दा मधेशबाट विरोध भएपछि त्यो कार्यक्रम बन्द भएको छ र कार्यक्रम प्रस्तुतलाई पनि जागिरबाट निकालेको छ । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट द फ्लप शो कार्यक्रमको पनि धेरै पहिलादेखि विरोध हुँदै आइरहेको थियो । तर यसरी उजुरी परेको थिएन ।  

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप