नवलपरासीमा ट्रयाक्टर दुर्घटना, युवकको मृत्यु
बुधबार, २४ असार २०७७, १९ : ४८
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सदरमुकाम परासीमा आज भएको ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल पाल्ही टे«र्डस परासीमा कार्र्यरत २५ वर्षीय अङ्गद कुर्मी छन् ।
रामग्राम–४ स्थित परासी–महेशपुर सडकखण्डको क्याम्पस चोकमा परासीबाट महेशपुरतर्फ फलामको रड लिएर जाँदै गरेको लु २ त २४६८ नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु