मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंक र आइएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

बुधबार, २४ असार २०७७, १८ : २८
बुधबार, २४ असार २०७७

काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले २०७७ आषाढ २४ गते बुधबार आइएमएस सफ्टवेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आइएमएस सफ्टवेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् बैंक र आइएमएस सफ्टवेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्यूआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ ।

यसैगरी, आइएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ । तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप