मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सरिता गिरीलाई सांसद पदबाट निष्कासन गरिएको समाजवादीद्वारा संसद सचिवालयलाई जानकारी

बुधबार, २४ असार २०७७, १८ : १२
बुधबार, २४ असार २०७७

काठमाडौं । समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे संसद सचिवालयलाई जानकारी दिएको छ ।

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्‍वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

बुधबार गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ सिंहदरबारस्थित सचिवालय पुगेका थिए । 

संसद सचिवालयले गिरीलाई सांसदबाट निलम्बन गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई दिइनेछ । तर पार्टी निर्णय विरुद्ध कानुनी उपचार खोज्ने गिरीले बताउँदै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप