मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेप्से दोहोरो अङ्कले घट्यो

बुधबार, २४ असार २०७७, १७ : ४१
बुधबार, २४ असार २०७७

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ । 
 
आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब सात करोड ८४ लाख ६२ हजार १४१ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र उकालो लागेको छ । 

व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अङ्कले घटेका छन् । 
 
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड १४ लाख नौ हजार ८५३, प्रभु बैंक संस्थापक शेयर रु छ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक रु चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक रु तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको रु तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो । 
 
घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०८ प्रतिशतले कमाए । 
 
यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका शेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप