डा.सन्दुक रुइतले गरे सभामुख सापकोटाको आँखाको शल्यक्रिया
बुधबार, २४ असार २०७७, १७ : ३४
आँखामा मोतियाविन्दुको समस्या भएपछि सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
बुधबार बिहान साढे १० बजे काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले शल्यक्रिया गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको न्यौपानेले बताए । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको चिकित्सकको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल