शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा एकैदिन ६० हजार नयाँ संक्रमित भेटिए

बुधबार, २४ असार २०७७, १६ : ५०
बुधबार, २४ असार २०७७

अमेरिकामा एकैदिन किर्तिमानी रुपमा ६० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार मंगलबार संक्रमित संख्याले नयाँ किर्तिमान बनाएको हो । 

यसअघि २ जुनमा ५५ हजार २ सय २० जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि भने केही दिन संक्रमित संख्याले नयाँ किर्तिमान बनाउन सकेको थिएन । मंगलबार क्यालिफोर्निया र टेक्सास दुबैमा एकैदिन १० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार महामारीबारे बोल्दै अमेरिका राम्रो स्थानमा रहेको बताएका थिए । यद्यपी, देशका शीर्ष संक्रामक रोग विशेषज्ञ तथा कोरोना भाइरसबारे ह्वाइटहाउसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले सतर्क रहन चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसको पहिलो छाल नै अमेरिकाको घुँडा–घुँडासम्म आइसकेको बताएका छन् । यसअघि उनले अमेरिकामा दैनिक १ लाख जना संक्रमित भएपनि आफु आश्चर्यमा नपर्ने बताएका थिए । कोरोना महामारी पूर्णत नियन्त्रणबाहिर रहेको र यसबाट बच्नका लागि सतर्क हुनुपर्ने चेतावनी उनले दिएका थिए । 

कोरोना संक्रमित र मृतकको संख्या अमेरिकामा संसारकै सबैभन्दा धेरै छ । अहिलेसम्म अमेरिका ३० लाखभन्दा धेरैमा भाइरसको संक्रमण देखिइसकेको छ । कोभीड–१९ सँग सम्बन्धि रोगका कारण १ लाख ३१ हजार जनाले ज्यान गुमाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप