शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सुरु भयो ओली–प्रचण्ड ‘वान टु वान’

बुधबार, २४ असार २०७७, १६ : ४७
बुधबार, २४ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । 

दुई नेताबीचको वार्ता चार बजेलाई तय भएपनि केही ढिला गरी सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।  

आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भएपनि सहमतिको विन्दु भने पहिचान हुन नसकेपछि उनीहरुबीच पुन वार्ता भएको हो । 

आजको वार्तामा नेताहरुले सहमतिको विन्दु खोट्याउने अपेक्षा गरिएको छ । 

प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।

दुवै पक्षको यहीँ अडानका कारण नेकपामा ‘टकराव’ चुलिदै गएको छ । जसका कारण असार १८ पछि  स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । सथायी समितिको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप